सुपर खुदी हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ भर्ने आज पुस २५ गते अन्तिम दिन रहेको छ।
कम्पनीले पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ५५ हजार कित्ता सेयर निष्काशन गरेको थियो। आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले लिएको छ।
नेपाल धितोपत्र बोर्डले पुस ६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्ने योजना बनाएको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया