राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा सांसद धवल शमशेर जबरालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले जबरालाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनी सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए।
गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउने प्रयास गरेको आरोपमा प्रहरीले जबरा र राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पक्राउ गरेको थियो।
राणा र मिश्र प्रारम्भिक रुपमा हाजिरी जमानीमा रिहा भएका थिए भने मिश्र पछिल्लो समयदेखि सम्पर्कविहीन छन्।




















प्रतिकृया