टाइम फर्मास्युटिकल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित वैशाख ११ गते विशेष साधारणसभा आह्वान गरेको छ। सभा गैडाकोटस्थित कम्पनीको उद्योग परिसरमा साढे १२ बजे सुरु हुनेछ। सभामा बुक बिल्डिङ्ग विधिबाट साधारण सेयर निष्काशन गर्ने तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ।
यसैगरी, जारी पूँजीलाई हालको रु. ४२ करोड ९१ लाखबाट वृद्धि गरी रु. ४६ करोड पुर्याउने प्रस्ताव अनुमोदन गरिनेछ। उक्त पूँजीमध्ये ७९.३४७८ प्रतिशत संस्थापक समूह ‘क’ तथा २०.६५२१ प्रतिशत सर्वसाधारण सेयरधनी ‘ख’ लाई वितरण गरिनेछ।
त्यसैगरी, १ महिला सहित ५ जना संस्थापक, १ जना सर्वसाधारण तथा १ जना स्वतन्त्र गरी ७ सदस्यीय सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि सभामा छलफलका लागि राखिनेछ।



















प्रतिकृया