टिकटक हाल सामाजिक सञ्जालको दुनियाँमा सबैभन्दा लोकप्रिय प्लेटफर्म बनेको छ। नेपाल सरकारले केही समय यसमा प्रतिबन्ध लगाए पनि पुनः सञ्चालनमा आएपछि यसको लोकप्रियता कोभिड-१९ पछाडिको सेयर बजारजस्तै तीव्र रूपमा बढिरहेको छ। मनोरञ्जनसँगै यो आम्दानीको प्रभावकारी माध्यमका रूपमा पनि स्थापित भएको छ।
टिकटकबाट कसरी आम्दानी गर्छन
प्रयोगकर्ताहरू प्रायः लाईभ स्ट्रिमिङमार्फत गिफ्ट र डायमन्ड्स प्राप्त गरेर आम्दानी गर्छन्। लाईभमा सहभागी हुन कम्तीमा १,००० फलोअर आवश्यक हुन्छ। दर्शकहरूले पठाउने गिफ्टलाई क्रिएटरहरूले आम्दानीको स्रोत बनाउँछन्, तर टिकटकले गिफ्टबाट हुने कुल कमाइको करिब ५५ देखि ७५ प्रतिशत कटौती गर्छ। बाँकी मात्र क्रिएटरले प्राप्त गर्छन्।
टिकटकमा उपलब्ध गिफ्टहरूमध्ये रोज, टिकटक, फिङ्गर हर्ट, पाण्डा, लभ व्याङ, सन्क्रिम, रैनबो पुक, कन्सर्ट, र ड्रामा क्वीन जस्ता वस्तुहरू लोकप्रिय छन्। यी गिफ्टहरू पठाउन निश्चित संख्याका क्वाइन खर्च गर्नुपर्छ। उदाहरणका लागि, रोज पठाउन १ क्वाइन (२ रुपैयाँ) खर्चिन्छ भने ड्रामा क्वीन पठाउन ५,००० क्वाइन (१०,००० रुपैयाँ) आवश्यक पर्छ।
गिफ्टमार्फत प्राप्त हुने रकमलाई टिकटकले डायमन्ड्समा रूपान्तरण गर्छ। यो डायमन्ड्सलाई पछि वास्तविक पैसामा बदल्न सकिन्छ। पैसा झिक्नका लागि टिकटक खातामा कम्तीमा $१०० (करिब १३,००० रुपैयाँ) जम्मा हुनु आवश्यक छ। त्यसपछि बैंक खाता वा पेमेन्ट मेथोड लिंक गरेर रकम सजिलै निकाल्न सकिन्छ।
मनोरञ्जन र आम्दानीको समिश्रणका रूपमा टिकटक सिर्जनात्मक व्यक्तिहरूका लागि उत्कृष्ट प्लेटफर्म बनेको छ। गुणस्तरीय कन्टेन्ट निर्माण गर्दै, दर्शकहरूसँगको अन्तरक्रिया बढाउँदै, र लाईभमार्फत गिफ्ट प्राप्त गर्दै, धेरैले टिकटकलाई प्रभावकारी आयआर्जनको स्रोतका रूपमा उपयोग गरिरहेका छन्।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया