तिन कम्पनीले आईपीओ निष्काशन लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। नगरकोट रिसोर्ट, सारथी केवल इन्डष्ट्रीज, कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले (सेबोन)मा निवेदन दिएका हुन्।
नगरकोट रिसोर्टले साधारण सेयर (आईपीओ) निष्काशन प्रक्रिया अघि बढाएको छ। रिसोर्टले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा मङ्सिर १५ गते निवेदन दिएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका यी सेयर सर्वसाधारणका लागि जारी गरिनेछ। आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल र कर्पोरेट एडभाइजरीका लागि ज्योति क्यापिटल नियुक्त गरिएको छ।
यसैगरी, सारथी केवल इन्डष्ट्रीज लिमिटेडले पनि आईपीओ निष्काशन अनुमति माग्दै सेबोनमा आवेदन दिएको छ। कम्पनीले मङ्सिर ५ गते ११ करोड ४५ लाख रुपैयाँ बराबरको ११ लाख ४५ हजार कित्ता सेयर निष्काशनको अनुमति माग गरेको हो। उक्त सेयर निष्काशनका लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
त्यस्तै, कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले पुस ३ गते सेबोनमा आवेदन दर्ता गर्दै २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता साधारण सेयर निष्काशनको अनुमति माग गरेको छ। कम्पनीको आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक नियुक्त गरिएको छ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया