नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज भारी गिरावट आएको छ। आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १६०.३३ अंकले घटेर २५११.९१ मा बन्द भएको छ। लगातारको ओरालोपछि तीन चरणमा सर्किट ब्रेक लाग्दै अन्ततः आजको लागि शेयर कारोबार पूर्ण रूपमा बन्द भएको हो।
नियमित कारोबार सुरु भएको २ मिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेर बजार २० मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि ११:२२ मा पुनः खुलेको बजार १ मिनेटमै थप १ प्रतिशतले झर्दा दोस्रो सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार रोकियो। पुनः १२:०३ मा खुलेको बजार १२:०६ मै १ प्रतिशतले ओरालो लागेपछि तेस्रो सर्किट ब्रेक लाग्यो र आजको लागि कारोबार बन्द भएको हो।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया