महोत्तरी, तनहुँ र सोलुखुम्बुका सुरक्षा निकायले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संवेदनशील मतदानस्थल पहिचान गरी निर्वाचन आयोगलाई ती स्थानबारे जानकारी गराएको छ ।
महोत्तरी, तनहुँ र सोलुखुम्बुबाट रासस समाचारदाताले जनाएअनुसार सोलुखुम्बुका १२४ मतदानस्थलमध्ये १० मतदानस्थललाई अतिसंवेदनशील र ४१ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । महोत्तरीका २५२ मतदानस्थल संवेदनशील मानिएका छन् । जिल्लाका २५८ मतदानस्थलमध्ये १६३ लाई अतिसंवेदनशील भनिएको छ । स्थानीय प्रशासनले तनहुँका आठवटा मतदानस्थललाई अतिसंवेदनशील, ५२ वटा मतदानस्थललाई संवेदशील मानेको छ ।
महोत्तरी क्षेत्र नं. ३ र ४ केही मतदानस्थल भारतसँगको सिमाना नजिक छन् । तिनलाई अतिसंवेदनशीलको सूचीमा समावेश गरिएको छ । क्षेत्र नं १ का ५९ मतदानस्थलमा १३०मतदानकेन्द्र र क्षेत्र नं २ मा ६२ मतदानस्थलमा १३३, क्षेत्र नं ३ मा ७७ मतदानस्थलमा १४२ र ४ मा ६० मतदानस्थलमा १३१ मतदानकेन्द्र रहने जिल्ला सुरक्षा समितिले जनाएको छ । अघिल्लो निर्वाचनमा ४९९ मतदानकेन्द्र थिए ।
दुई निर्वाचन क्षेत्र कायम भएको तनहुँमा १४४ वटा मतदानस्थलमा ३०९ मतदान केन्द्र रहने छन् । सोलुखुम्बुमा ८५ हजार ५१५ र तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँ क्षेत्र नं १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नं २ मा एक लाख १८ हजार २७९ मतदाता कायम छन् ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया