सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण अस्थायी रूपमा स्थगित गरिएको श्रम स्वीकृति पुनः खुला गरिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ३१ चैत २०८२ को मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
इराकका हकमा भने ११ पुस २०८२ को निर्णयअनुसार नै प्रक्रिया अघि बढाइनेछ। यसअघि १७ फागुन २०८२ मा पश्चिम एसिया तथा खाडी मुलुकहरू साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकका लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति स्थगन गरिएको थियो।
इरान–पश्चिम एसिया तनावका कारण ती देशमा रहेका नेपालीहरूको सुरक्षामा जोखिम बढेपछि यो निर्णय गरिएको थियो। पछि ३ चैत २०८२ मा साउदी, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति खुला गरिएको थियो।
परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को सिफारिसका आधारमा बाँकी देशका लागि पनि पुनः श्रम स्वीकृति खुला गरिएको मन्त्रालयले जनाएको छ। ती देशको अवस्था सामान्य भएपछि मात्र श्रम स्वीकृति सम्बन्धी थप निर्णय गरिने बताइएको छ।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया