आईपीओ भर्नासाथ भेरिफाइ हुनेसहित यस्ता छन् सेबोनको नयाँ व्यवस्थाहरु (पूर्ण पाठ)

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ७ गते
आईपीओ भर्नासाथ भेरिफाइ हुनेसहित यस्ता छन् सेबोनको नयाँ व्यवस्थाहरु (पूर्ण पाठ)

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले आफ्नो वेबसाइटमार्फत जारी गरेको यो नीति कार्यक्रममा सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यअनुसार पुँजी बजारको सुदृढीकरण र पारदर्शिता अभिवृद्धि गर्ने विविध योजना समेटिएका छन्।

नयाँ नीतिमा वस्तु विनिमयसम्बन्धी कानुन निर्माण, बोर्डको संस्थागत क्षमता सुदृढीकरण, स्टक एक्सचेन्ज पुनःसंरचना, नियामक निकायको क्षमता विकास र जोखिम न्यूनीकरणका लागि नयाँ वित्तीय उपकरण परिचालनसम्बन्धी व्यवस्था समावेश गरिएको छ।

पुँजी बजारमा नागरिकको लगानी र हित संरक्षणलाई प्राथमिकता दिँदै नेप्सेको पुनःसंरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि गरिने उल्लेख छ। सूचीकृत लगानी कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगहरूको स्वपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने योजना रहेको छ।

त्यसैगरी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न सक्ने कानुनी व्यवस्था गरिने छ। साथै, सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार सुरु गरिने र गैरआवासीय नेपाली (एनआरएन) लाई पनि दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्था समेत गर्ने योजना रहेको छ।

बोर्डले डेरिभेटिभ्स कारोबारको पूर्वाधार विकास गर्ने, इक्विटी डेरिभेटिभ बजार सञ्चालनका लागि आवश्यक तयारी गर्ने र अक्सन मार्केट व्यवस्था गर्न पनि सहजीकरण गर्ने नीति लिएको छ।

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स