नेपालका दुई ठूला डिजिटल वालेट सेवा प्रदायक आईएमई पे (IME Pay) र खल्ती (Khalti) गाभिने विषयमा छलफलमा रहेका छन्। यदि यी दुई कम्पनी मर्ज भएमा, यो नेपालको डिजिटल भुक्तानी क्षेत्रमा पहिलो वालेट मर्जर हुनेछ।
स्रोतका अनुसार, दुबै कम्पनीबीच मर्जरको प्रारम्भिक छलफल जारी रहेको छ, तर अन्तिम निर्णय हुन भने बाँकी छ।
नेपाल राष्ट्र बैंकले गत वर्ष भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ को पहिलो संशोधन गर्दै डिजिटल वालेट सेवा प्रदायकहरू गाभिन सक्ने व्यवस्था गरेको थियो। नियमनअनुसार, गाभिन वा गाभ्ने प्रक्रियाका लागि वार्षिक साधारणसभा वा विशेष साधारणसभाबाट प्रस्ताव पारित गरी सञ्चालक समितिले निर्णय गर्नुपर्ने प्रावधान छ। मर्जर स्वीकृति पाएपछि ३० दिनभित्र एकीकृत कारोबार सुरु गर्नुपर्ने व्यवस्था गरिएको छ।
हालसम्म आईएमई पे र खल्तीबीचको छलफल प्रारम्भिक चरणमै रहेको स्रोत बताउँछ। यदि सहमति जुटेमा, यो मर्जरले नेपालको डिजिटल भुक्तानी बजारमा नयाँ मोड ल्याउनेछ।











![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)



![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)



प्रतिकृया