आईएमई पे र खल्ती गाभिने चर्चा, होला नेपालको पहिलो डिजिटल वालेट मर्जर ?



Advertisement
Ads

नेपालका दुई ठूला डिजिटल वालेट सेवा प्रदायक आईएमई पे (IME Pay) र खल्ती (Khalti) गाभिने विषयमा छलफलमा रहेका छन्। यदि यी दुई कम्पनी मर्ज भएमा, यो नेपालको डिजिटल भुक्तानी क्षेत्रमा पहिलो वालेट मर्जर हुनेछ।

स्रोतका अनुसार, दुबै कम्पनीबीच मर्जरको प्रारम्भिक छलफल जारी रहेको छ, तर अन्तिम निर्णय हुन भने बाँकी छ।


Advertisement

नेपाल राष्ट्र बैंकले गत वर्ष भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ को पहिलो संशोधन गर्दै डिजिटल वालेट सेवा प्रदायकहरू गाभिन सक्ने व्यवस्था गरेको थियो। नियमनअनुसार, गाभिन वा गाभ्ने प्रक्रियाका लागि वार्षिक साधारणसभा वा विशेष साधारणसभाबाट प्रस्ताव पारित गरी सञ्चालक समितिले निर्णय गर्नुपर्ने प्रावधान छ। मर्जर स्वीकृति पाएपछि ३० दिनभित्र एकीकृत कारोबार सुरु गर्नुपर्ने व्यवस्था गरिएको छ।

हालसम्म आईएमई पे र खल्तीबीचको छलफल प्रारम्भिक चरणमै रहेको स्रोत बताउँछ। यदि सहमति जुटेमा, यो मर्जरले नेपालको डिजिटल भुक्तानी बजारमा नयाँ मोड ल्याउनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर