नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशका बैंकहरूमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन्। बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्।
गभर्नर अधिकारीले राष्ट्र बैंकले नियमन गर्ने कुनै पनि बैंक वा वित्तीय संस्था समस्यामा नरहेको दाबी गरे। उनले भने, “सधैँ परिस्थिति उस्तै रहँदैन। कहिलेकाहीँ कुनै बैंक वा वित्तीय संस्थामा समस्या देखिन सक्छ, तर यसले सबै बैंक समस्यामा छन् भन्ने अर्थ हुँदैन। अफवाहमा विश्वास गर्नु हुँदैन।”
उनले कर्जा असुलीमा केही चुनौती देखिए पनि यो समस्या दीर्घकालीन नहुने विश्वास व्यक्त गरे।













![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया