विश्व सिक्सजीमा पुग्न लागिसक्यो, नेपालको अझै फोरजीमै समस्या: मन्त्री गुरूङ



Advertisement
Ads

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले टेलिकम नीति संशोधन गर्नुपर्ने बताएका छन् । बिहीबार ‘दूरसञ्चारको भविष्य निर्माणः नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ कार्यक्रममा बोल्दै उनले पूरानो टेलिकम नीतिले गाइड गर्न नसकेकाले टेलिकम नीति संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘टेलिकम पोलिसी संशोधन गर्दैछौं । पूरानो टेलिकम नीतिले हामीलाई गाइड गर्न सकेन । टेक्नोलोजिका धेरै कुराहरु परिवर्तन गर्नुपर्ने छन् । हामी चाँही नेपालमा टुजी, थ्रीजी चलाइरहेका छौं । तर भन्नको लागि फोरजी चल्छ भन्छौं तर हरेक ठाउँमा फोरजी पुग्न सकेको अवस्था छैन । फोरजीको कभरेज बढाउन सकेका छैनौं । सरकार भन्छ फोरजी नेपालभरी नै पुग्नुपर्यो तर हरेक ठाउँमा अहिले पनि टुजी, थ्रीजीमै हामी अड्किरहेका छौं, यसमा गर्नुपर्ने कामहरु थुप्रै छन् ।’


Advertisement

साथै उनले सबै देशहरु सिक्सजीमा जाने समयमा फाइभजीमा पनि पुग्न नसकेको बताए । उनले फोरजीलाई नै व्यवस्थित गर्न नसकेको बेला फाइभजी लन्च गर्न सबै भन्दा ठूलो चुनौति भएको बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर