विश्व बैंकले नेपाललाई २५ करोड ७० लाख अमेरिकी डलर ऋण दिने, निर्देशक समितिको बैठकले गर्यो स्वीकृति

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १९ गते
विश्व बैंकले नेपाललाई २५ करोड ७० लाख अमेरिकी डलर ऋण दिने, निर्देशक समितिको बैठकले गर्यो स्वीकृति

विश्व बैंकले नेपालमा विद्युत् वितरण प्रणाली सुधार र सिँचाई सेवामा सुधार गरी कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित २५ करोड ७० लाख अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको छ। विश्व बैंकले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्व बैंक निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको जनाएको हो ।नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिंचाई सेवामा सुधार गरी कृषि उत्पादन बढाउने उद्देश्यका लागि उक्त ऋण सुविधा उपलब्ध गराइएको हो ।

विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर विनियोजन गरिएको छ। यो परियोजनाले कोशी, बागमती, कर्णाली, र सुदूरपश्चिम प्रदेशका विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाउने लक्ष्य राखेको छ। नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चालन हुने यस परियोजनाले सबस्टेसन निर्माण, वितरण संरचनाको स्तरोन्नति, र स्वचालित निगरानी प्रणाली विकासमा ध्यान केन्द्रित गर्नेछ।

त्यस्तै, रानी जमरा कुलरिया सिँचाई आयोजना (फेज–३) का लागि १३ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत भएको छ। यो परियोजनाले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षभर सिँचाइ सुविधा प्रदान गर्दै थप १७ हजार ५०० हेक्टर जमिनमा सिँचाई पुयाउने लक्ष्य राखेको छ। परियोजनाबाट करिब १ लाख ६० हजार मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स