नेपाल दूरसञ्चार प्राधिकरणले डल्फिन नेट कम्युनिकेसन प्रालिको इन्टरनेट सेवा सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ।
कम्पनीले तोकिएको समयावधिमा लाइसेन्स नवीकरण नगरेको कारण प्राधिकरणले पुस ६ गतेदेखि लाइसेन्स रद्द गरेको जानकारी दिएको हो।
साथै, प्राधिकरणले कम्पनीलाई ३० दिनभित्र बाँकी रकम तिर्न कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ। यदि समयमै रकम तिर्ने काम नगरेमा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।




















प्रतिकृया