सर्वोच्चले भन्यो, ‘उद्योगी गोल्छालाई किन पक्राउ गरिएको हो? कारण देखाऊ’

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १५ गते
सर्वोच्चले भन्यो, ‘उद्योगी गोल्छालाई किन पक्राउ गरिएको हो? कारण देखाऊ’
AdvertisementAds

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा गोल्छा समूहका अध्यक्ष शेखर गोल्छालाई पक्राउ गरिएको विषयमा २४ घन्टाभित्र कारणसहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ।

सोमबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहित सम्बन्धित निकायलाई २४ घन्टाभित्र जवाफ पेस गर्न निर्देशन दिएको हो।

सीआईबीको थुनामा रहेका गोल्छाका तर्फबाट उनकी पत्नी सीमाले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। आदेशमा गोल्छालाई किन पक्राउ गरिएको हो भन्ने स्पष्ट आधार र कारणसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ।

त्यसैगरी, निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको सम्पूर्ण फाइलसमेत झिकाउन सर्वोच्चले आदेश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स