दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गर्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १३ गते
दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गर्यो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

बुधबार न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो। साइबर अपराधको आरोपमा सिआइबीले मंसिर ४ गते भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा अपुष्ट ‘स्क्रिनसट’ सार्वजनिक गरेका थिए। विद्युतीय कारोबार ऐन, २०६३ अनुसार उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

जिल्ला अदालतले उनलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ भने आवश्यक उपचारको प्रबन्ध गर्न आदेश दिएको छ। रिट खारेज भएसँगै प्रसाईं हिरासतमुक्त नहुने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स