सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (जेठ २१ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कुल ४६ लाख ७४ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
उक्त आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालेको छ। आवेदन इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पेस गर्न सक्नेछन्।
सीडीएससीको तथ्यांकअनुसार बुधबार बेलुकासम्म सानिगाड हाइड्रोको आईपीओमा १९ लाख ७९ हजार ९०३ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब १९ करोड ४ लाख २२ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ४ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा ४.६८ गुणा बढी हो।



















प्रतिकृया