नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेर अहिले प्रतितोला एक लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यो मूल्य एक लाख ८९ हजार ४०० रुपैयाँ थियो।
चाँदीको मूल्य भने आज प्रतितोला दुई हजार १४० रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनमा २ प्रतिशत विलासिता कर (Luxury Tax) लगाउने व्यवस्था गरेको छ। त्यस्तै, गहनामा हिरा वा अन्य बहुमूल्य पत्थर जडान गरिएको खण्डमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) लागू गर्ने प्रावधान राखिएको छ।
यी नयाँ कर प्रावधानको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। त्यसकै असरस्वरूप आज मूल्य निर्धारणमा ढिलाइ भएको महासंघले जनाएको छ।




















प्रतिकृया