instainsta

घट्यो अन्डाको मूल्य, प्रतिक्रेट कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १६ गते
घट्यो अन्डाको मूल्य, प्रतिक्रेट कति ?
AdvertisementAds

आजबाट अण्डाको मूल्यमा घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघले जानकारी अनुसार  कात्तिक २० मा तोकिएको मूल्यभन्दा आजदेखि लागू हुने नयाँ मूल्यहरू कम भएका छन्।

अब मिडियम साइजको अण्डाको मूल्य प्रतिक्रेट ४ सय ४० रुपैयाँ तोकिएको छ, जुन यसअघि ४ सय ९० रुपैयाँ थियो। त्यस्तै, ठूलो अण्डाको मूल्य ५ सय ५ रुपैयाँबाट घटाएर ४ सय ५५ रुपैयाँमा झारिएको छ।

यद्यपि, सबैभन्दा ठूलो (एक्सएल) अण्डाको नयाँ मूल्य भने तोकिएको छैन। हाल एक्सएल अण्डा प्रतिक्रेट ५ सय २० रुपैयाँमै बिक्री भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स