ब्रोकर मर्जरको बाटो खुल्यो, मर्जर निर्देशिका जारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १५ गते
ब्रोकर मर्जरको बाटो खुल्यो, मर्जर निर्देशिका जारी

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी गाभ्ने, गाभिने तथा प्राप्ति (Merger & Acquisition) सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ। बोर्डले शुक्रबार आफ्नै वेबसाइटमार्फत निर्देशिका सार्वजनिक गर्दै चैत १३ गतेको निर्णयअनुसार लागू गरिएको जानकारी दिएको हो।

निर्देशिका अनुसार अब धितोपत्र दलाल कम्पनी (ब्रोकर) हरू मर्जर वा प्राप्ति प्रक्रियामा सहभागी हुन योग्य हुनेछन्। मर्जरमा जान चाहने कम्पनीहरूले सबैभन्दा पहिले संयुक्त रुपमा अनुसूची–१ बमोजिम निवेदन दर्ता गरी सैद्धान्तिक सहमतिको प्रक्रिया सुरु गर्नु पर्नेछ। निवेदन प्राप्त भएपछि बोर्डले जाँचबुझ गरी उपयुक्त देखिएमा १५ कार्य दिनभित्र सैद्धान्तिक सहमति दिनेछ भने उपयुक्त नदेखिएमा कारण स्पष्ट गर्दै सात कार्य दिनभित्र निवेदकलाई जानकारी गराउनेछ।

निर्देशिकाले प्रारम्भिक सम्झौता भएको मितिले ६ महिनाभित्र मर्जर वा प्राप्ति प्रक्रिया सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ। साथै, मर्जर र प्राप्तिसम्बन्धी सैद्धान्तिक सहमति, सम्पत्ति तथा दायित्व मूल्यांकन, अन्तिम सम्झौता र अन्तिम स्वीकृतिसहित एकीकृत कारोबार, कारोबार रोक्का, शाखा सञ्चालन लगायतका विषयहरू निर्देशिकामा समेटिएका छन्। बोर्डले मर्जर तथा प्राप्ति प्रक्रियालाई स्पष्ट, व्यवस्थित र समयबद्ध बनाउन यो निर्देशिका लागू गरेको जनाएको छ।

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स