SHAREHUB SHAREHUB

नेकपाले सरकारलाई चेतावनी दिँदै भन्यो, ‘सुकुमबासीलाई जबर्जस्ती उठीबास नलगाऊ, विकल्पबिनाको अमानवीय कार्य स्वीकार्य छैन’

Advertisement Ads
नेकपाले सरकारलाई चेतावनी दिँदै भन्यो, ‘सुकुमबासीलाई जबर्जस्ती उठीबास नलगाऊ, विकल्पबिनाको अमानवीय कार्य स्वीकार्य छैन’
Advertisement Ads

नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’ले उचित विकल्प नदिई सरकारले सुकुमबासीलाई जबर्जस्ती उठीबास लगाएको भन्दै कडा विरोध जनाएको छ।

पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सुकुमबासी व्यवस्थापन, बढ्दो महङ्गी तथा लोकतान्त्रिक अधिकारको रक्षाबारे सरकारको ध्यानाकर्षण गराएको हो।

विज्ञप्तिमा जीविकोपार्जनको कुनै विकल्प नदिई सुकुमबासी परिवारलाई अमानवीय ढंगले घर भत्काइने कार्यले सीमान्तकृत समुदायको राज्यप्रतिको विश्वास कमजोर बनाउने उल्लेख गरिएको छ।

त्यसैगरी, नयाँ सरकार गठनपछि महङ्गी र कालोबजारी बढेको भन्दै तत्काल नियन्त्रण गर्न माग गरिएको छ। सरकार जनअपेक्षा अनुसार सुशासन र समृद्धिमा केन्द्रित हुनुपर्नेमा उल्टो आर्थिक भार थपिएको पार्टीको दाबी छ।

विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णयप्रति पनि पार्टीले विरोध जनाएको छ। पञ्चायतकालमै समेत संगठित हुने अधिकार रहेको स्मरण गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्ता कदम स्वीकार्य नहुने चेतावनी दिइएको छ।

Advertisement Ads

ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको भन्दै पार्टीले त्यसप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ।

सरकारले अघि सारेका सकारात्मक प्रतिबद्धतालाई स्वागत गर्ने उल्लेख गर्दै पार्टीले पूर्वाग्रही र एकपक्षीय दृष्टिकोणको विरोध गर्ने स्पष्ट पारेको छ।

विज्ञप्तिमा सरकारलाई अझ लोकतान्त्रिक बन्न, सुकुमबासी, किसान र मजदुरप्रति जिम्मेवार हुन तथा अनावश्यक स्टन्टबाजीभन्दा सामाजिक न्यायमा केन्द्रित हुन आग्रह गरिएको छ।

unnamed 1 1 https://bajarkochirfar.com/the-ncp-warned-the-government-saying-do-not-forcibly-evict-squatters-inhumane-action-without-alternative-is-unacceptable | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स