पोखरामा भएको बेलुन घटनाको छानबिन गर्न गृह मन्त्रालयले आठ सदस्यीय समिति बनायो

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ४ गते
पोखरामा भएको बेलुन घटनाको छानबिन गर्न गृह मन्त्रालयले आठ सदस्यीय समिति बनायो

पोखरामा हाइड्रोजन बेलुन पड्किनुका कारण भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले एक छानबिन समिति गठन गरेको छ।

आइतबार बिहान मन्त्रीस्तरको निर्णयअनुसार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरिएको हो।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिवका रूपमा रहेका छन्। साथै, समितिमा एक विस्फोटक पदार्थ विशेषज्ञ पनि समावेश हुनेछ।

समितिलाई १५ दिनभित्र घटनाबारे प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन पड्किँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स