विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधिको क्षेत्रको विकास गर्ने रहेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् । मन्त्री पुनले एआई, आइटीको विकासमा बढि भन्दा बढी जोड दिएर त्यसलाई उपयोगमा ल्याउने कुरालाई प्रधानमन्त्री बालेन्द्र साहले पनि जोड दिएको उल्लेख गरे । उनले अनुसन्धान, रिसर्च, इनोभेशन भन्ने कुरा कागजमा लेखेर पेपरमा पबलिष्ट गर्ने विषयमात्रै नभएकाले सरकारले त्यसको उपयोगमा जोड दिने नीति लिएको पनि स्पष्ट पारे ।
मन्त्री पुनले भने, अहिलेको सरकारको मुख्य उद्देश्य अव यही छ–एआई, आईटीलाई कसरी बढी भन्दा बढि गरेर यसलाई अगाडि भन्ने छ सरकारको । त्यसैले प्रधानमन्त्रीज्युले यो आइटी सम्बन्धि सबै जिम्मेवार चाँही पहिला सञ्चार मन्त्रालयका थियो । अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नु भएको छ । र, यो उहाँले मात्रै गर्ने होइन, हामी सबैले मिलेर गर्नुपर्ने हो । यो उहाँले राख्नु भएको कुरा यसमा पनि छ । अर्को उहाँले नवप्रवर्तन भएर कुनै कुरा निस्कन्छ भने त्यो चिज उद्योगहरुले उपभोग गर्न पाउनु पर्छ भन्ने उहाँको माग छ । कसैले नयाँ कुराहरुको आविष्कार ग¥यो, नवप्रवर्तन ग¥यो भने त्यो कुरा उद्योगहरुले उपयोग गर्न पाउनु प¥यो । गर्ने पनि त्यही नै हो । त्यो अनुसन्धान, रिसर्च, इनोभेशन भन्ने कुरा कागजमा लेखेर पेपरमा पबलिष्ट गरेको मात्रे होइन, त्यसको उपयोग उद्योगहरुले् नै गर्ने हो । त्यसका लागि हामीले जोड दिनु पर्दछ । अहिले त्यो कुरा जोड दिइएको नै छैन । त्यो कुरा उद्योगपतिहरुलाई पनि थाहा छैन ।’
मन्त्री पुनले आइटीको प्रयोग गरेर उद्योगहरुको प्रवद्र्धन हुन्छ भन्नेकुरा उद्योगीहरुलाई पनि थाहा नभएको दाबी समेत गरे ।
न्युज एजेन्सी नेपाल

प्रतिकृया