चीनको हुनान प्रान्तको पिङ्जियाङमा एक हजार मेट्रिक टन उच्च गुणस्तरको सुन भण्डार फेला परेको छ, जसको अनुमानित मूल्य ८३ अर्ब डलरभन्दा बढी रहेको छ। भौगर्भिक ब्यूरोले पत्ता लगाएको यो भण्डारले चीनको सुन बजारमा ठूलो परिवर्तन ल्याउन सक्ने अनुमान गरिएको छ।
यस भण्डारबाट लिइएको परीक्षणले प्रति टन अयस्कमा करिब १३८ ग्राम शुद्ध सुन रहेको पुष्टि गरेको छ। यो भण्डारबाट ५० करोड सुनका औँठी बनाउन सकिने अनुमान गरिएको छ। चीन विश्वकै सबैभन्दा ठूलो सुन उत्पादक देश हो, जसले २०२३ मा विश्वको कुल उत्पादनको १०% हिस्सा ओगटेको थियो।
चीनको यो खोजले सुन भण्डारणमा अमेरिका, दक्षिण अफ्रिकाजस्ता देशहरूसँग प्रतिस्पर्धा गर्न थप बल दिनेछ।















प्रतिकृया