प्रतिनिधि सभा बैठक आज दिउँसो बस्दै, प्रधानमन्त्री ओलीले सांसदको प्रश्नको जवाफ दिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ४ गते
प्रतिनिधि सभा बैठक आज दिउँसो बस्दै, प्रधानमन्त्री ओलीले सांसदको प्रश्नको जवाफ दिने

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठकको प्रमुख कार्यसूची अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ। सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री ओलीले रोस्टमबाट दिनेछन्।

यस बैठकमा अन्य तीन कार्यसूची पनि छन्। सुरूमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

यद्यपि, सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतका लागि निर्णयार्थ प्रस्तुत गर्ने विषय भने आजको बैठकको कार्यसूचीमा समावेश छैन।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स