प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने

संघीय संसद् सचिवालयले आज बिहान ११ बजेका लागि संसद् बैठक आह्वान गरेको छ। बैठकमा चारवटा सम्भावित कार्यसूची तय गरिएको छ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गत विषयगत समितिका सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का लागि सरकारको वार्षिक प्रतिवेदन संसद्मा पेश गर्नेछन्।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, मन्त्री पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पनि अघि सार्ने कार्यसूची सार्वजनिक गरिएको छ।

आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बस्ने कार्यक्रम पनि तय गरिएको छ।

screenshot 2025 04 28 072924 BL8c2R6Vie 1745805593 https://bajarkochirfar.com/the-house-of-representatives-is-meeting-today-and-prime-minister-oli-will-present-the-governments-annual-report | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स