instainsta

सरकारले गर्यो ७ जना सहसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २१ गते
सरकारले गर्यो ७ जना सहसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
AdvertisementAds

सरकारले सात जना सहसचिवको सरुवा गरेको छ। असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। उक्त निर्णय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइका सहसचिव शम्भुप्रसाद मरासिनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन्। सञ्चार मन्त्रालयका गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

राष्ट्रिय योजना आयोगका जीवलाल भुसाल कृषि मन्त्रालयमा गएका छन् भने सङ्घीय मामिला मन्त्रालयका छवीन्द्र पराजुली सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेका छन्। गृह मन्त्रालयका छविलाल रिजाल र तीर्थराज भट्टराई दुवैलाई सङ्घीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स