सरकारले फेरी बढायो सार्वजनिक यातायातको भाडा

सरकारले फेरी बढायो सार्वजनिक यातायातको भाडा
सांकेतिक तस्बिर

सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा ५ प्रतिशतले समायोजन गरिएको जनाएको हो।

विभागका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिपछि मन्त्रीस्तरको निर्णयअनुसार यो भाडा वृद्धि गरिएको हो। विभागका निर्देशक मणि भुसालका अनुसार अन्तरप्रदेशीय यात्रुवाहक तथा ढुवानी सवारी दुवैमा ५ प्रतिशतले भाडा बढाइएको छ। तर, विद्युतीय सवारी साधनमा भने यो नयाँ भाडादर लागू हुने छैन।

भाडा वृद्धिको आधार इन्धनको मूल्यवृद्धि रहेको विभागले जनाएको छ। पछिल्लो समायोजनपछि डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ।

यसअघि गत चैत २५ गते पनि सरकारले भाडा समायोजन गरेको थियो। त्यसबेला विभिन्न सूचकका आधारमा यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा मालवाहक सवारीको २१.६८ प्रतिशत र तराई क्षेत्रमा १५.७५ प्रतिशतले वृद्धि गरिएको थियो।

त्यसयता इन्धनको मूल्य फेरि बढेपछि यातायात व्यवसायीहरूले पुनः भाडा समायोजनको माग गर्दै आएका थिए। सोही आधारमा विभागले सुरुमा विभिन्न दरमा समायोजनको सिफारिस गरे पनि अन्ततः मन्त्रीस्तरको निर्णयबाट ५ प्रतिशत वृद्धि लागू गरिएको हो।

capture XHverJedAK https://bajarkochirfar.com/the-government-has-increased-public-transport-fares-again | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स