SHAREHUBSHAREHUB

असार २८ गते बस्दैछ ग्रामीण विकास लघुवित्तको साधारणसभा, समाज लघुवित्तसँगको मर्जर प्रस्ताव पारित हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २४ गते
AdvertisementAds
असार २८ गते बस्दैछ ग्रामीण विकास लघुवित्तको साधारणसभा, समाज लघुवित्तसँगको मर्जर प्रस्ताव पारित हुने
AdvertisementAds

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले समाज लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्न असार २८ गते साधारणसभा बोलाएको छ। सभा बिहान ११ बजे बुटवलस्थित प्रधान कार्यालयमा भौतिक तथा भर्चुअल दुवै माध्यमबाट आयोजना गरिनेछ।

उक्त सभामा दुवै संस्था १:१ को सेयर अनुपातमा गाभिने प्रस्ताव पारित गरिनेछ। साथै, मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, असार १४ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स