निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार, सार्वजनिक पदाधिकारी र विभिन्न संघ संस्थालाई आचारसंहिता उल्लङ्घनबारे स्पष्टीकरण सोधेको छ। आयोगले नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेत उम्मेदवारी दर्ता गर्दा बाजा बजाउने मानिसहरूको टाउकोमा पैसा सिउँरिदिएको भिडियोका आधारमा निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोधेको छ। आयोगले तीन दिनभित्र जबाफ दिन भनेको छ।
त्यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बालबालिकाको प्रयोगको विषयमा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ। झापा–५ मा नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले मनोनयन दर्ता गर्दा सरकारी गाडी प्रयोग गरेको विषयमा पनि स्पष्टीकरण मागिएको छ।
आयोगले प्रारम्भमा तीन दिन, दोस्रो पटक २४ घण्टे स्पष्टीकरण माग्ने र आचारसंहिता उल्लङ्घन गर्नेमा जरिवाना वा उम्मेदवारी खारेजसम्म कारबाही गर्ने तयारी गरेको छ।
















प्रतिकृया