गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’ का इकाइमा आवेदन दिने म्याद चैत १२ गतेसम्म लम्ब्याइएको छ। यस योजना फागुन २८ गतेदेखि निष्काशन गरिएको थियो।
योजनाअन्तर्गत कुल १० करोड इकाइ निष्काशन गरिएको छ। तीमध्ये बीज पुँजीबापत ६० लाख इकाइ योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाइ कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ, जसमा लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
सर्वसाधारणले न्यूनतम १०० कित्ता र अधिकतम ५० लाख इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ।



















प्रतिकृया