अरुण जलविद्युत् आयोजना छिटो सम्पन्न गरी मुलुकले आर्थिक फाइदा लिनुपर्छ: ऊर्जामन्त्री

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
अरुण जलविद्युत् आयोजना छिटो सम्पन्न गरी मुलुकले आर्थिक फाइदा लिनुपर्छ: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाहरू छिटो सम्पन्न गरी मुलुकले अधिकतम फाइदा लिनुपर्ने बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित छलफलमा उनले माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजना समयमा पूरा गर्न आवश्यक रहेको उल्लेख गरे। लामो समयसम्म जलविद्युत् आयोजना अल्झिँदा मुलुकले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको उनले बताए। “काम गर्ने क्रममा विभिन्न समस्या आउन सक्छन्, तर तिनलाई समाधान गर्दै अगाडि बढ्नुपर्छ,” मन्त्री खड्काले भने।

उनले जलविद्युत् आयोजनाहरू समयमा सम्पन्न गर्न सके लगानी सुरक्षित हुने र देशलाई अत्यधिक फाइदा पुग्ने बताए। साथै, आयोजना निर्माणका क्रममा हजारौं व्यक्तिले रोजगारी पाउने र मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्ने भएकाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स