जेनजी आन्दोलनका घटनाबारे जाँचबुझ आयोगमा बयान दिन जाने रमेश लेखकको भनाइ

जेनजी आन्दोलनका घटनाबारे जाँचबुझ आयोगमा बयान दिन जाने रमेश लेखकको भनाइ
AdvertisementAds

पूर्वगृहमन्त्री रमेश लेखकले  जेनजी आन्दोलन (भाद्र २३ र २४ )को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यही पुस १४ गते सोमबार आयोगमा उपस्थित भएर बयान दिने जानकारी दिएका हुन्।

लेखकका अनुसार जाँचबुझ आयोगले पुस ११ गते शुक्रबार बयानका लागि बोलाउँदै पत्र पठाएको थियो। उक्त पत्र प्राप्त भएपछि आफूले पुस १४ गते उपस्थित हुने जानकारी आयोगलाई गराइसकेको उनले बताए। भाद्र २३ र २४ को घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सहयोग गर्ने उनको भनाइ छ।

‘आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियो, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स