SHAREHUBSHAREHUB

पपुलिजम र सामाजिक सञ्जालको ‘कम्बिनेशन’ ले पुराना दललाई संकटमा पार्यो: गगन थापा

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २९ गते
AdvertisementAds
पपुलिजम र सामाजिक सञ्जालको ‘कम्बिनेशन’ ले पुराना दललाई संकटमा पार्यो: गगन थापा
AdvertisementAds

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पपुलिजम (लोकप्रियतावाद) का कारण विश्वभर नै पुराना राजनीतिक दलहरू चुनौतीमा परेको बताएका छन्।

कांग्रेस गण्डकी प्रदेशले पोखरामा शनिबार आयोजना गरेको निर्वाचन समीक्षा तथा ‘कांग्रेसको अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै उनले अहिलेको राजनीतिक वातावरणमा पपुलिजमको प्रभाव नेपाल मात्र नभई विश्वव्यापी रूपमा बढिरहेको उल्लेख गरे।

थापाका अनुसार विगतमा आर्थिक उदारवादको लहर रहेको भए पनि अहिले पपुलिजमको लहर तीव्र भएको छ। उनले सामाजिक सञ्जाल र पपुलिजमको संयोजनले परम्परागत राजनीतिक दलहरूलाई थप चुनौती दिएको बताए।

उनले पहिले पार्टीको पिरामिड संरचनामार्फत सन्देश तलसम्म पुग्ने प्रणाली रहेको स्मरण गर्दै अहिले सामाजिक सञ्जालका कारण सन्देश छिटो र सीधा रूपमा जनतासम्म पुग्ने अवस्था बनेको बताए।

‘पहिले नेता, कार्यकर्ता हुँदै तलसम्म सन्देश जाने पिरामिड संरचना थियो, तर अहिले त्यो संरचना नै कमजोर भएको छ,’ उनले भने, ‘सामाजिक सञ्जालले छोटो समयमा नै सन्देश व्यापक रूपमा फैलाइदिन्छ।’

AdvertisementAds

उनले जटिल राजनीतिक विषयहरू नयाँ मिडियामा सरल र भावनात्मक रूपमा प्रस्तुत हुँदा तत्काल प्रतिक्रिया आउने प्रवृत्ति देखिएको उल्लेख गर्दै यसले परम्परागत दलहरूलाई थप दबाबमा पारेको धारणा राखे।

थापाले वर्तमान राजनीतिक अवस्थाको समस्या कुनै एक घटनाबाट नभई लामो प्रक्रियाबाट विकसित भएको भन्दै गहिरो समीक्षा आवश्यक रहेकोमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स