लाभांश पारित गर्न दुई कम्पनीको वार्षिक साधारण सभा कार्तिक २ गते बस्ने भएको छ। भगवती हाईड्रोपावर र सानिमा बैंक लिमिटेडको वार्षिक साधारण सभा कार्तिक २ गते बस्ने भएको हो
भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सभा आव्या क्लव, घारीपाटन, पोखरामा विहान ११:०० बजे सुरु हुनेछ। सभामा १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीले आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाहजस्ता वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ। कम्पनीले असोज २१ गते बुक क्लोज गरिसकेको छ। त्यस अनुसार, असोज २० गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
त्यस्तै, सानिमा बैंक लिमिटेडको वार्षिक साधारण सभा आम्रपाली ब्याक्वेट, भाटभटेनी, काठमाडौंमा विहान १०:०० बजे सुरु हुनेछ। सभामा ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीले आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाहजस्ता वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ। कम्पनीले असोज २७ गते बुक क्लोज गरिसकेको छ। त्यस अनुसार, असोज २६ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
















प्रतिकृया