बालेनको निर्देशनपछि सुकुमवासी बस्तीमा तनाव: “डोजर आतंक बन्द गर” भन्दै राजधानीमा प्रदर्शन

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ११ गते
AdvertisementAds
बालेनको निर्देशनपछि सुकुमवासी बस्तीमा तनाव: “डोजर आतंक बन्द गर” भन्दै राजधानीमा प्रदर्शन
File Photo
AdvertisementAds

काठमाडौंका विभिन्न सुकुमवासी बस्तीमा सरकारको हटाउने निर्णयपछि स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर”, “सुकुमवासी आवासको हक सुनिश्चित गर”, “निरंकुश सरकार चाहिँदैन” लगायतका नारा लगाएका छन्।

सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउने निर्णय गरेपछि बिहीबार साँझदेखि नै माइकिङ सुरु गरिएको थियो। त्यसपछि आज बिहानदेखि केही बासिन्दाले आफ्ना सामान सारिरहेका छन् भने केही समूह विरोधमा उत्रिएका छन्। राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा प्रदर्शन भइरहेको जनाइएको छ।

प्रदर्शनकारीहरूले सरकारको निर्णयविरुद्ध थापाथली बस्तीबाट माइतीघर मण्डलासम्म र्‍याली गर्ने तयारीसमेत गरेका छन्। उनीहरूले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलपछि सुकुमवासी बस्ती खाली गराउने निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पहिलो चरणमा चार वटा बस्ती खाली गराउने निर्णय गरेको हो।

उक्त बैठकमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा निकायका प्रतिनिधिहरू पनि सहभागी थिए। निर्णयपछि प्रहरीले थापाथलीसहितका बस्तीमा माइकिङ गर्दै सूचना जारी गरेको थियो।

AdvertisementAds

हाल कतिपय बासिन्दाले सम्भावित डोजर कारबाही अघि नै आफ्ना सामान अन्यत्र सारिरहेका छन् भने केहीले बस्ती नछोड्ने अडान लिएका छन्। देशभर करिब १२ लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी रहेको अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स