प्रचण्डलाई टार्गेट गर्दै अर्थमन्त्री पौडेलले भने, “शक्ति नभएकाहरूले सरकार ढल्ने हल्ला चलाइरहेका छन्”



Advertisement
Ads

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार ढाल्ने शक्ति नभएका व्यक्तिहरूले सरकार ढल्ने हल्ला चलाइरहेको बताएका छन्। माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै बुटवलमा आयोजित नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँगको छलफलमा उनले यो प्रतिक्रिया जनाए।


Advertisement

पौडेलले भने, “अहिले सरकार ढल्ने कुरा कम सुनिन थालेको छ, जसको शक्ति हुँदैन, उसले मात्र यस्तो कुरा गर्छ।” उनले वर्तमान सरकारले कठिन परिस्थितिमा जिम्मेवारी लिएको र मुलुकको ओरालो यात्रा रोक्दै सकारात्मक दिशा तर्फ अघि बढेको दाबी पनि गरे।


Advertisement

उनले मुलुकका समस्याको समाधानका लागि सरकारले अध्यादेश ल्याएको र सामाजिक सञ्जाल विधेयकको बारेमा फैलाइएको भ्रमलाई खारेज गर्दै सरकार प्रेस स्वतन्त्रताविरुद्ध उभिएको आरोप खारेज गरे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर