स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको पहिलो चरणको आईपीओ आज शुक्रबार बिहान बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले उक्त बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो।
कम्पनीले पहिलो चरणमा २३,१०० कित्ता सेयर निष्काशन गरेको थियो। तर, उक्त आईपीओमा ६७,३२९ जना आवेदकले कुल १०,३७,१३० कित्ताका लागि आवेदन दिएका थिए। मागभन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथाबाट गरिएको हो। जसअनुसार २,३१० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
पहिलो चरणको बाँडफाँडपछि कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ।



















प्रतिकृया