SHAREHUB SHAREHUB

स्वर्णिम वाग्लेले सांसदहरूलाई भने, “आफ्नै एकल सरकार बने पनि गलत काममा औँलो ठड्याउनुस्”

Advertisement Ads
स्वर्णिम वाग्लेले सांसदहरूलाई भने, “आफ्नै एकल सरकार बने पनि गलत काममा औँलो ठड्याउनुस्”
Advertisement Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पार्टी एकल सरकार भए पनि सरकारले गल्ती गरे प्रश्न उठाउनुपर्ने बताएका छन्। पार्टीका नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले, सरकारले बाटो बिराउन खोजे त्यसमा बोल्नुपर्छ भने।

उनले भने, “हामी कानुन बनाउन आएका हौँ। सरकारको कामको समीक्षा, अनुगमन र निगरानी गर्नुपर्छ। हाम्रो सरकार बन्दा पनि हामीले औँलो ठड्याउनुपर्छ र खबरदारी गर्नुपर्छ।”

वाग्लेले सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका जनताको मुद्दा बुलन्द ढङ्गले उठाउनुपर्ने पनि औँल्याए। नीति बहस, विकास निर्माण, सामाजिक र आर्थिक मुद्दाहरूमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

साथै उनले बाचा पत्रको थिम र थिति बसाल्ने संकल्प रहेको बताए र जनताबाट पाएको अभूतपूर्व समर्थन अनुसार काम अघि बढाउनुपर्ने बताए। रास्वपाले काम गरेरै देखाउनुपर्ने जिम्मेवारी रहेको पनि उनले जोड दिए।

648760452 1998500064411074 3778311020330589023 n 1 https://bajarkochirfar.com/swarnim-wagle-told-the-mps-even-if-you-form-your-own-single-party-government-point-fingers-at-the-wrongdoings | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स