१६ वटा आवको लाभांश लिन स्वावलम्बन लघुवित्तको सेयरधनीहरूलाई आग्रह,अबको एक महिनाभित्र नलिए के हुने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २२ गते
१६ वटा आवको लाभांश लिन स्वावलम्बन लघुवित्तको सेयरधनीहरूलाई आग्रह,अबको एक महिनाभित्र नलिए के हुने ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुराना आर्थिक वर्षका लागि बाँकी रहेको नगद लाभांश लिन नआएका सेयरधनीलाई पुनः सम्पर्क गर्न आग्रह गरेको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष ०६३/६४, ०६५/६६ देखि ०७५/७६ सम्मका १२ वटा आर्थिक वर्षमा साधारणसभाले स्वीकृत गरेका लाभांश अझै केही सेयरधनीले नलिएको पाइएको छ। पाँच वर्षभन्दा पुरानो यस्ता लाभांश लिन बाँकी रहेका सेयरधनीलाई कम्पनीले अबको ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ।

लाभांश लिनका लागि सम्बन्धित सेयरधनीले सेयर प्रमाणपत्र र परिचयपत्रसहित काठमाडौं, लाजिम्पाटस्थित कम्पनीको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ। तोकिएको समयावधिभित्र पनि लाभांश नलिई आएमा त्यसलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले लाभांश लिन बाँकी रहेका सेयरधनीको नामावली आफ्नै वेबसाइटमा सार्वजनिक गरिसकेको जानकारी दिएको छ। साथै, आर्थिक वर्ष ०७६/७७ देखि ०७९/८० सम्मका ४ वटा आर्थिक वर्षका लाभांश लिन बाँकी सेयरधनीले पनि सोही रजिष्ट्रारमार्फत सम्पर्क गरी लाभांश लिन सक्ने व्यवस्था मिलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स