सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्काशन गर्न लागेको हो।
उक्त आईपीओमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार ७९३ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन छिटोमा माघ २१ गते र सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन ३ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस (CARE-NP BB-) इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
यसका साथै, ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि सि–आस्बामार्फत आवेदन दिन सकिनेछ।
आईपीओ बिहान १० बजेपछि भर्न सकिनेछ।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया