सर्वोच्च अदालतले गगन थापासँग माग्यो लिखित जवाफ 

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १६ गते
सर्वोच्च अदालतले गगन थापासँग माग्यो लिखित जवाफ 
AdvertisementAds

सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जबाफ माग गरेको छ। मंगलबार न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले थापालाई सात दिनभित्र आफैं वा कानुनी प्रतिनिधिमार्फत लिखित जबाफ पेस गर्न आदेश दिएको हो।

आइतबार थापाविरुद्ध अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले अदालतको अवहेलनासम्बन्धी रिट दर्ता गराएका थिए।

गगन थापाले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा संवैधानिक निकायका ५२ पदाधिकारीहरूको नियुक्तिसम्बन्धी मुद्दालाई सर्वोच्चले लामो समयदेखि निर्णय नगरी झुलाइरहेको अभिव्यक्ति दिएका थिए। उनका उक्त अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको दाबी गर्दै रिट दर्ता गरिएको हो।

हाल संवैधानिक नियुक्ति सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा हेर्दा हेर्दैमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स