सर्वोच्च अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स-शरीर उपस्थित गराउन निर्देशन दिएको हो।
मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।




















प्रतिकृया