राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रको पक्षमा फैसला गर्दै उनलाई कानुन व्यवसायीको जिम्मामा छोड्न निर्देशन दिएको हो।
मिश्रकी श्रीमती सारिका कार्कीले प्रहरीद्वारा गैरकानुनी रूपमा पतिको गिरफ्तारी भएको भन्दै वैशाख ३० गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमा सुनुवाइ हुँदै गर्दा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै मिश्रलाई उपस्थित गराउन भनेको थियो।
चैत १५ गते जनकमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको राजसंस्थापन्थी प्रदर्शन हिंसात्मक भएपछि मिश्र, सांसद धवलशम्शेर राणा लगायत पक्राउ परेका थिए। उनीहरूमाथि राज्यविरुद्धको अपराध, संगठित अपराध र आपराधिक उपद्रवको आरोपमा अनुसन्धान भइरहेको छ। राणा भने स्वास्थ्यका कारण हाजिरी जमानीमा छुटेका थिए।













![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया