सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले कुल १२ लाख ८६ हजार ५ सय कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो।
लगानीकर्ताले फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन गर्न पाइनेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले सम्हालेको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीलाई आईपीओ निष्काशनको अनुमति नेपाल धितोपत्र बोर्डले गत पुस ६ गते प्रदान गरेको थियो।
आईपीओ बिहान १० बजेपछि भर्न सकिनेछ ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया