सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १:०.२७ को अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर प्रतिकित्ता रु १०० का दरले निष्काशन गर्न लागेको हो।
कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ वैशाख ५ गते बुक क्लोज गरेको थियो। जस अनुसार, वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयर भर्न पाउनेछन्। हकप्रद सेयर भर्ने अन्तिम मिति जेठ १९ गते रहेको छ।
यस हकप्रद सेयर निष्काशनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। सन नेपाल लाइफलाई केयर रेटिङ्ग्स नेपाल लिमिटेड ले ‘केयर-एनपी बीबीबी’ इस्युअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत स्तरमा रहेको संकेत गर्छ।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया