सुमेरु पोलिमर्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
यस सम्बन्धी सम्झौतापत्रमा सुमेरु पोलिमर्सका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्। कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।
२०७४ सालमा प्रालिको रूपमा स्थापना भएको सुमेरु पोलिमर्सले पिभिसी पाईप तथा फिटिङ्ग्स, एचडिपिई पाईप र सिपिभिसी पाईप तथा फिटिङ्ग्स उत्पादन गर्दै आएको छ। कम्पनीको रजिष्टर्ड कार्यालय कुलेश्वर, काठमाडौंमा रहेको छ भने फ्याक्ट्री पनौति–९, काभ्रेको करिब ११ रोपनी क्षेत्रफलमा सञ्चालनमा छ।




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया