नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त भएका छन्। उनी नबिल बैंकको तर्फबाट इन्भेष्टमेन्ट बैंकिङको अध्यक्ष पदमा चयन भएका हुन्।
बैंकिङ क्षेत्रमा २८ वर्षभन्दा बढीको अनुभव बोकेका शाक्य हाल नबिल बैंकमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन्। भारतको नोयडाबाट स्नातक गरेका उनले इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्टबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
शाक्यले आफ्नो करियर नेपाल श्रीलंका मर्चेण्ट बैंकबाट सुरु गरेका थिए। उनले हिमालयन बैंक, लक्ष्मी बैंक, एनआईसी एशिया बैंक, सिभिल बैंक र जनता बैंक हुँदै नबिल बैंकमा प्रवेश गरेका हुन्। कर्पोरेट बैंकिङ र संस्थागत दायित्व व्यवस्थापनमा समेत उनको गहिरो अनुभव छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया