‘अब युवाले नेतृत्व गर्नुपर्छ’ भन्दै सुहाङ नेम्वाङको एमाले संसदीय दल नेतामा दाबी

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १८ गते
‘अब युवाले नेतृत्व गर्नुपर्छ’ भन्दै सुहाङ नेम्वाङको एमाले संसदीय दल नेतामा दाबी

नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्रको आवश्यकता अनुसार आफूले नेतृत्व गर्न सक्ने दाबी गरेका हुन्। बैठकमा बोल्दै उनले पार्टीमा युवालाई अघि बढाउने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि आफू सक्षम रहेको बताएका छन्।

उनले भने, “संसदीय दल नेतामा मेरो दाबी छ। पार्टीका सिनियर नेताहरू पनि हुनुहुन्छ, तर यसपालि पहिलेजस्तो परिस्थिति छैन। युवाहरूलाई जोड्नुपर्नेछ र त्यसका लागि मैले भूमिका खेल्न सक्छु।”

नेम्वाङले पार्टीलाई अहिलेको अवस्थाबाट माथि उठाउन पनि युवा नेतृत्व आवश्यक रहेको धारणा राखे। साथै, पार्टीको सिद्धान्त, विधि–पद्धति र आफ्नो संसदीय अनुभवले जिम्मेवारी सम्हाल्न सक्षम बनाउने उनले बताए।

उनले अग्रज नेताहरूको भूमिकालाई सम्मान गर्दै आफू नेतृत्वका लागि अघि आएको स्पष्ट पार्दै भने, “अग्रजहरूले गर्न सक्दैनन् भन्ने होइन, तर अहिलेको आवश्यकता युवाको ऊर्जा र अग्रजको अनुभवको संयोजन हो।”

नेम्वाङ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन्। हाल प्रतिनिधि सभामा नेकपा एमालेका २५ जना सांसद रहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स