ताइवानको पूर्वी तटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको केन्द्रबिन्दु ३०.९ किलोमिटर गहिराइमा रहेको थियो। हालसम्म कुनै ठूलो क्षतिको रिपोर्ट नभएको रोयटर्सले जनाएको छ।
यता, अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले भूकम्पको तीव्रता ५.९ म्याग्निच्युड मापन गरेको छ। यसको केन्द्रबिन्दु हुआलियन शहरदेखि करिब ७१ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ। भूकम्प आउनुअघि मोबाइल फोनमा अलार्म बजिएको थियो भने भवनहरू झण्डै एक मिनेटसम्म हल्लिएका थिए।
ताइवान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा अवस्थित छ, जुन क्षेत्रमा चिलीदेखि न्यूजील्याण्डसम्म विश्वका अधिकांश भूकम्पहरू जाने गर्छन्।
(एजेन्सीहरुको सहयोगमा)


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया